चेल्सीको प्रशिक्षकमा ग्राहम पोटर — OSNepal

चेल्सीको प्रशिक्षकमा ग्राहम पोटर

LC (KTM) September 09, 2022 0

काठमाडौं, २४ भदौ –

थोमस युचेललाई बर्खास्त गरेको दोस्रो दिन नै चेल्सीले ब्राइटनका प्रशिक्षक ग्राहम पोटरलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।युरोपियन च्याम्पियन्स लिगमा डाइनामो जग्रेबसँग १–० ले पराजित भएपछि चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।

चेल्सीले ब्राइटनलाई ‘रिलिज क्लज’ तिर्ने भएपछि ४७ वर्षीय पोटर स्टाम्फोर्ड ब्रिज आउन तयार भए । चेल्सीले पोटरसँग पाँच वर्षको सम्झौता गरेको छ ।पोटरको नेतृत्वमा चेल्सी शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर