उपप्रधानमन्त्री विष्णु पौडेललाई ओलीले दिए ६ मन्त्रालयको जिम्मेवारी — OSNepal

उपप्रधानमन्त्री विष्णु पौडेललाई ओलीले दिए ६ मन्त्रालयको जिम्मेवारी

LC (KTM) June 24, 2021 0

काठमाडाँै १० असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएपछि ओलीले आज मन्त्री हेरफेर गर्ने क्रममा मन्त्री परिषद्मा बाँकी पाँच जना मन्त्रीलाई थप रिक्त रहेको मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय भने आफैले लागेका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

ओलीले मन्त्री हेरफेर गर्ने क्रममा बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । त्यसैगरी , लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर