एकै ठाउँमा भीड गरेर बिहे भोज चलाउने दुई बेहुला पक्रा उ, प्रहरी पुगेपछि भागाभाग — OSNepal

एकै ठाउँमा भीड गरेर बिहे भोज चलाउने दुई बेहुला पक्रा उ, प्रहरी पुगेपछि भागाभाग

LC (KTM) May 12, 2021 0

पर्वत-जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति प क्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्रा उ परेका हुन् ।मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्र हरी पुगेपछि सहभागी भागाभाग भएका थिए ।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नि यन्त्रणमा लिइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर