अमेरिका जाने युवकले के सम्म भोग्नु परेन ? हेर्नुहोस् गीतकार पवन वलीको यो मर्मस्पर्शी गीतको भिडियो — OSNepal

अमेरिका जाने युवकले के सम्म भोग्नु परेन ? हेर्नुहोस् गीतकार पवन वलीको यो मर्मस्पर्शी गीतको भिडियो

LC (KTM) September 12, 2022 0

काठमाडौँ । गीतकार पवन वलीको रचनामा तयार हजारौं सपना बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा भ्वाइइसका बिजेता सीडी बिजय अधिकारीको स्वर तथा गीतकार वलीकै संगीतमा तयार गीतको भिडियोमा एउटा युवकले आफ्ना हजारौँ सपनाहरु देखेर परवासमा बस्दाको अनुभवलाई कलात्मक शैलीमा देखाइएको छ ।

हजारौं सपना जुन नेपालीहरुको सपना अमेरिका र अमेरिकाको बसाई अनि भोगाइमा भोगेको कथालाई निर्देशक प्रकाश धिताल र गीतकार वलीको टिमले निधै मेहेनत गरेर तयार पारेको हो ।

घर गाउँमा बरालिँदै हिँडेका युवाहरु परवासको बसाईमा भोग्न पिडा र यातनाले भरिएको समयलाई भिडियोमा गज्जबले देखाइएको छ । भिडियोले मुख्य रुपमा घर छाडेर विदेशमा जाने कदम चाल्नु नै पश्चातापको कदमसम्म भनेका छन् । गीतकार वलीलिे विदेशीएका नेपालीको परिवेशलाइ समेटी बनाइएको भिडियोले सबैको मन छुन आशा ब्यक्त गरे । जसमा पुष्कर कार्कीको बेजोड अभिनय देख्न सकिन्छ ।

विदेशमा कसैले माया नगर्ने र हेपाहा प्रवृत्तिलाई देखाइउको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् भने भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । जसको कन्सेप्ट पनि गीतकार तथा संगीतकार वलीकै हो । मर्मस्पर्शी यो भिडियो गीतकार तथा निर्माता पवन वलीकै अफिसियल च्इानलबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर