भ्वाइस अफ नेपालमा ‘काउली बुढी’ : आमालाई सम्झेर आँसु झारे पछि भाबुक बन्यो माहोल — OSNepal

भ्वाइस अफ नेपालमा ‘काउली बुढी’ : आमालाई सम्झेर आँसु झारे पछि भाबुक बन्यो माहोल

LC (KTM) September 12, 2022 0

काठमाडौं :

सन्ध्या बुढा अर्थात ‘काउली बुढी’ गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा भाग लिन गउकी छन् । शनिबार प्रसारण भएको शोको ब्लाइन्ड अडिसनमा ‘जुनी जुनीलाई’ गीत गाएकी सन्ध्या ब्याटल राउन्डका लागि छनोट भइसकेकी छन् । चार जना कोचमध्ये उनको गायकी मन पराएर कोच प्रविशा अधिकारी फर्किएकी थिइन् ।

स्टेजमा उक्लिनुअघि सन्ध्याले आफ्नी आमालाई सम्झेर आँसु झारेपछि धेरै भाबु बनेका थिए । आफ्नो लक्ष्य असल गायिका बन्ने रहेको र आमाको आशीर्वाद जहाँ भए पनि सधैं आफूसँग रहिरहने उनले बताइन् ।

केही हास्य श्रृंखलामा अभिनय गरेर दर्शकको मन जितेकी उनी युट्युबमा काउली बुढी शोका कारण बढी चर्चित छिन् । काउली बुढीमा उनी बुढी आमाको नक्कल गरेर अभिनय गर्छिन् र स्वर पनि दुरुस्तै निकाल्छिन् । भ्वाइ अफ नेपालको स्टेजमा पनि कोचहरुको आग्रहमा उनले केहीबेर काउली बुढीको अभिनय समेत गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर