लिटिल च्याम्सकी विजेता कृपा पौडेलको 'तिमि सग एक छिन' सार्वजनिक (भिडियो ) — OSNepal

लिटिल च्याम्सकी विजेता कृपा पौडेलको ‘तिमि सग एक छिन’ सार्वजनिक (भिडियो )

LC (KTM) September 12, 2022 0

काठमाडौं –

गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो ‘तिमि सग एक छिन’ सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी ‘म्युजिक नेपाल’ सगको सहकार्यमा उनले गीत ल्याएकी हुन् ।

गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । ‘तिमि सग एक छिन’को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गरेकी छिन भने भिडियोमा उनको साथमा सप्रबराज जोशी र कृषा लोहनी अभिनय रहेको छ ।

गायक राजीव लोहनीले निर्देशन गरेको भिडियोमा भवानी शिल्पकारको क्यामेरा र बिनय दाहालको सम्पादन रहेको भिडियोको सिनेमाटोग्राफर डी ओ पी रवि सायमी हुन् ।झापामै रहेर पढाईको साथ साथै गायन , नृत्य,अभिनय ,मेकअपको साथमा कुकिंगमा सौख भएकी कृपा निकट भबिस्यमै आफ्नो गीतसगीत को ज्ञान बढाउनको लागि म्युजिक कलेज भर्ना हुने तयारीमा छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर