ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न हामीहरुले राजीनामा दिनुपर्छ - भीम रावल — OSNepal

ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न हामीहरुले राजीनामा दिनुपर्छ – भीम रावल

LC (KTM) May 12, 2021 0

काठमाडौँ २९ । बैशाख नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री ओलीलाई राजीनामा दिने भन्दै आएको ध म्की अब पुरा हुने भएको छ । नेता भीम रावलले आज ट्वीटर मार्फत असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भन्दै ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न आफुहरुले राजीनामा दिने संकेत गरेका हुन् ।

राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्ने ओलीको पदमुक्त गर्न पनि राजीनामा दिने भन्दै २८ सांसदले नै भोली बिहान राजीनामा दिने भएको बुझिएको छ । नेपाल समुहले अगामी चुनावको नेतृत्व गर्ने सहमतीसँगै भोली राजीनामा दिने तयारीमा नेपाल समुह पुगेको हो।

उनले लेखेका छन् , ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर