पारिवारीक कथामा बनेको टेलिचलचित्र  ‘छोरो सौताको’ प्रशारण शुरु — OSNepal

पारिवारीक कथामा बनेको टेलिचलचित्र  ‘छोरो सौताको’ प्रशारण शुरु

LC (KTM) September 13, 2022 0

काठमाडौं :

पारिवारीक कथामा आधारित टेलिचलचित्र ‘छोरो सौताको’ निर्माण भएको छ । पुर्वको दमक आसपासमा छायांकन भएको सिरियल युटुव च्यानल युवामन नेपालबाट प्रशारण शुरु भएको हो

पुर्वैमा रहेका नयाँ तथा पुराना कलाकारलेसिरियलमा अभिनय गरेका छन् । सिमित श्रोत साधनमा बनेको ‘छोरो सौताको’ लाई छायांकन गरिएको निर्माण पक्षले बताएको छ । यस सिरियललाई गोविन्द मोतेले लेख्ने काम गरेका छन् । उनकैको शब्द रचनामा गीतलाई तयार पारिएको छ । यसका संगीतकार तारबिर पाण्डे हुन भने गायक अशोक थापा ।

सिरियलमा सुमन मोते,निरा चाहर सुन्दास,धुर्व कोइराला,गोविन्द मोते,ज्ञानेन्द्र कोइराला,पारुहाङ बान्तवा,राकेश दर्नाल,दीपक बर्वेलोन, धनराज, इन्दिरा, नविन ,पूर्ण, स्वयम्,संकल्प थापा,रविन खरेल,नीता खरेल लगायतको अभिनय रहेको छ ।

सिरियलमा आर्यन र मिलनले प्रकाशको जिम्मा लिएका छन् भने श्रृगांर र स्थिर स्न्यापसट स्टुडियोको छ । यस सिरियलको छायांकन,सम्पादन तथा निर्देशन सन्देश मोतेले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर