विबादमा तानिने डरले ‘विवाद विवाद’ भन्दै यसरी तर्किए — OSNepal

विबादमा तानिने डरले ‘विवाद विवाद’ भन्दै यसरी तर्किए

LC (KTM) September 14, 2022 0

काठमाडौँ । लोकप्रिय हाँस्य कलाकार तथा निर्माता दीपकराज पछिल्ला दिनमामौन छन् । कुनै समय नेपाली फिल्मलाई प्रदर्शकहरुले गरेको चर्को विभेदको बारेमा चर्को स्वरमा बोल्दै आएका उनी अहिले पनि पर्ख र हेरको अवस्थाबाट अगाडी बढीरहेका छन् ।

छक्का पञ्जाको सिरिज धमाधम बनाइरहेका दीपकले आफ्नो होस् वा अरुको सत्यका पक्षमा आवाज उठाउँथे । तर बोल्दा बोल्दै उनी एक्लो जस्तो भएपछि अहिले उनी अरुको विषयमा त्यति बोल्दैनन् । बोलीहाले पनि निकै सोचेर बोल्छन् ।

बुधबार आयोजना भएको फिल्म ‘झिँगे दाउ’को प्रिमियरमा पुगेका दीपकलाई मिडियाकर्मीले तपाई पछिल्ला दिनमा किन मौन बसेको भनेर सोध्दा उनले यो बिषयमा बोल्न नै चाहेनन् । उनले, भो भो भन्दै बोल्न मानेनन् ।

यो बिषयमा बोल्दा विवादमा तानिने भन्दै सर्तकता अपनाए । पछिल्ला दिनमा दीपक र उनको टिम आँफै हल मालिक बन्न लागेका छन् । संचारकर्मीलाई रचनात्मक शैलीमा आफ्नो प्रतिक्रिया दिँदै दीपक हाँसो मजाकको शैलीमा यसपटक भने ‘विवाद विवाद’ भन्दै तर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर