अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने 'प्रेमगीत ३’ — OSNepal

अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने ‘प्रेमगीत ३’

LC (KTM) September 14, 2022 0

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ ।हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको फिल्म नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्ने तयारी भएको बताइएको छ ।

सेप्टेम्बर २३ फिल्म अस्ट्रेलियाकम रिलिज हुने बताइएको छ ।फिल्म अस्ट्रेलियामा रिलिज हुने भएसँगै नेपाली फिल्मप्रेमीमा उत्साहित भएका छन् । फिल्मको हिन्दी संस्करणको भारतीय वितरण कम्पनी मधु इन्टरेनमेन्टबाट कार्कीले फिल्म खरिद गरेका हुन् ।

नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर