अभिनेता आर्यन सिग्देलसँग नेपाली फिल्ममा काम गर्दै बलिउड अभिनेत्री सुफिया — OSNepal

अभिनेता आर्यन सिग्देलसँग नेपाली फिल्ममा काम गर्दै बलिउड अभिनेत्री सुफिया

LC (KTM) September 14, 2022 0

काठमाडौं, २८ भदौ –

फिल्म सायराको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउडका विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुने जानकारी दिइयो ।

सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी रहेको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ ।

सुफिया सिद्दीकी बलिउड अभिनेत्री तथा मोडल हुन् । उनले हलिउड फिल्ममा पनि काम गरिसकेकी छन् । सिद्दीकी इरानकी मुलकी बासिन्दा हुन् । भारतमै हुर्केकी उनी मुम्बई बस्छिन् । भारतबाट एक अन्तर्राष्ट्रिय मोडेलको रुपमा समेत चिनिएकी उनले अन्तर्राष्ट्रिय फेसन सप्ताह लास भेगासको ब्रान्ड एम्बेसडर हालै जितेकी थिइन् । उनले नेपाली फिल्ममा काम गर्न पाँउदा खुशी लागेको बताएकी छन् । पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर