विबाह गर्न ठिक्क परेकी बेहुली सलिनाले बेहुलाको ४ लाखको गहना र १ लाख नगर लिएर भागेपछि — OSNepal

विबाह गर्न ठिक्क परेकी बेहुली सलिनाले बेहुलाको ४ लाखको गहना र १ लाख नगर लिएर भागेपछि

LC (KTM) June 25, 2021 0

काठमाडौँ । विबाहको दिन तयार हुने वबहानमा बेहुलीले बेहुलाको ४ लाखको सुन र १ लाख नगद लिएर फरार भएकी छिन् । खबर हो गैंडाकोटको ।

गएको शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुला गैंडाकोट–४ का ईश्वरीप्रसाद अर्यालले बताए । सलिनाले गोरखामा आफ्नी भाउजू रहेकाले त्यहिँको मन्दिरमा शनिवार विवाह गर्ने आग्रहबमोजिम बेहुला पक्षले तयारी गरेता पनि आँफुलाई झुक्याएर फरार भएको आरोप लगाएका छन् । यस विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

इलाका प्रहरी कार्यालय,गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालका अनुसार २८ वर्षीया सलिना खनालको खोजीकार्य अगाडी बढाइएको र छिट्टै नै सत्य तथ्य बाहिर आउनेछ । परिवारमा कोही पनि नभएको बताउँदै आएकी सलिनासँग १ महिनाको चिनजानका आधारमा ईश्वरी विबाह गर्न राजी भएका थिए ।

सलिनाले विवाहको लागि तयार पारिएको सुनका गहनाहरूमध्ये इण्डियन मंगलसूत्र,तिलहरी,नत्थि, झुम्कासहित एक लाख नगद लिएर उनी फरार भएको भन्दै न्यायका लागि ईश्वरीप्रसाद अर्यालले प्रहरी समक्ष गुहार मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर