यस्तो बनेर आयो 'के घर के डेरा'को टिजर (भिडिओ) — OSNepal

यस्तो बनेर आयो ‘के घर के डेरा’को टिजर (भिडिओ)

LC (KTM) September 15, 2022 0

काठमाडौं :

फिल्म ‘के घर के डेरा’ टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेको संघर्ष लाई देखाउन खोजिएको छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ। फिल्मलाई दिपेन्द्र के खनालले निदेृशन गरेका हुन् ।

सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ।ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्।यो फिल्म तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर