लोकप्रिय गीतकार ध्रुव प्रसाद अंम्गाईको प्रतिक्षित गीत 'कुरै कुरा' बाहिरियो, दिपेस र अन्जनाको अभिनयको चर्चा — OSNepal

लोकप्रिय गीतकार ध्रुव प्रसाद अंम्गाईको प्रतिक्षित गीत ‘कुरै कुरा’ बाहिरियो, दिपेस र अन्जनाको अभिनयको चर्चा

LC (KTM) September 15, 2022 0

काठमाडौँ । चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईको प्रतिक्षित गीत कुरै कुरामाको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको स्वर रहेको गीतमा दिपेस परियार र अन्जना राउतको कलात्मक अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियोमा प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक मुनाल मुनाल शिशिर कोईरालाले वैँशालु उमेरमा गहिरो प्रेममा परेका एक रोमान्टिक जोडीलाई प्रस्तुत गरेका छन् ।

भिडियोमा मोडलद्धय दिपेस र अन्जनाको प्रेम रोमान्सले भरिएको प्रस्तुती जति हेर्यो उति हेरिरहुँ जस्तो देखिन्छ । पटक पटक हेर्दा पनि धित नमर्ने सार्वजनिक गीतको भिडियो सकिएको दर्शकले पत्तै पाउँदैनन् । कारण हो रमणीय स्थानहरु र मोडलद्धयको गहिरो प्रेमाभाव । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेका छ्न । एम थ्री मिडिया नेपाल युटुव च्यानल मार्फत बजारमा ल्याइएको भिडियोको रिलिज गरिए सँगै चर्चा सुरु भएको छ ।

लोकप्रिय गीतकार अंम्गाईले कहिले रुवाउने कहिले फकाउने त कहिले हसाउने र नचाउने गीत पालै पालो दर्शक स्रोता माझ निरन्तर ल्याईरहेका बहुमुखी प्रतिभाशाली ब्यक्ति हुन् । उनी सामाजसेवी समेत हुन् । एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाई बिगत २०बर्ष देखि प्रवासमा बस्दै आएका छ्न।

गोर्खाको फुजेल जन्मथलो भएका अंम्गाई एक कुसल राजनीति भिजन भएका देश र जनता प्रति चिन्तन गर्ने भोलिका आश लाग्दो युवा हुन । अमगाईका चार दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न । जमानत गुमायौ , मिलनमा बिछोड, आखा आँखा जुधी, माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा, माया हे माया, माया तिरिरिरी, उनका चर्चित गीतहरु हुन् । हेर्नुहोस् बिहिबार रिलिज गरिएको कुरै कुरामाको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर