बुवा चंकी पाण्डेकै कारण छोरी अनन्या पाण्डे छिन् निकै दिक्क,भनिन् बुवाको बानीले आफ्ना साथीभाइलाई घरमा बोलाउन पनि अफ्ठयारो लाग्छ — OSNepal

बुवा चंकी पाण्डेकै कारण छोरी अनन्या पाण्डे छिन् निकै दिक्क,भनिन् बुवाको बानीले आफ्ना साथीभाइलाई घरमा बोलाउन पनि अफ्ठयारो लाग्छ

LC (KTM) September 16, 2022 0

बलिउड इन्डस्ट्रीकी सुन्दर अभिनेत्री अनन्या पाण्डे निकै चर्चित अभिनेत्री बनेकी छिन् । अनन्याको अभिनयलाई लिएर फ्यान पागल छन् । यससँगै सामाजिक सञ्जालमा उनको फ्यानहरुले पनि उत्तिकै समर्थन गरेको देखिन्छ । अभिनेत्री अनन्या पाण्डे सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् ।

जसलाई फ्यानहरुले निकै रुचाएका छन् । अनन्या पाण्डे हरेक दिन हेडलाइनमा रहन्छिन् । नायिका कहिले आफ्नो नयाँ फिल्मलाई लिएर चर्चामा छिन् भने कहिले उत्कृष्ट तस्विरका कारण चर्चामा छिन् । तर यसपटक अनन्या आफ्नो एउटा खुलासालाई लिएर चर्चामा छिन् । आफ्नो खुलासामा अभिनेत्रीले आफ्नो बुवाको बानीले आफूलाई दिक्क भएको बताइन् । बुबा चंकी पाण्डेकै कारण अभिनेत्रीले साथीभाइलाई घरमा बोलाउदिनन् ।

अर्कोतर्फ घरमा साथीभाइ आए पनि नरोकिएर छिट्टै निस्किन्छन् । हालै अनन्याले आफ्ना बुवा चर्चित अभिनेता चंकी पाण्डेको बारेमा एउटा महत्वपूर्ण खुलासा गरेकी छिन् । अनन्याले थप बताइन् कि उनका बुबा चंकी पाण्डे सधैं तौलिया मात्र लिएर घरभर घुम्छन्। चंकी पाण्डेले घरमा कुनै लुगा लगाउँदैनन्, उनी तौलिया मात्र लगाउँछन् ।

जसका कारण अनन्या पाण्डेले आफ्ना कुनै पनि साथीलाई घरमा बोलाउने गर्दिनन् । यता, उनका साथीहरू घर आए पनि चंकीलाई यस्तो देखेर असहज हुन्छन् र केही समयपछि छोड्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर