दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ को तोकियो प्रर्दशन मिति — OSNepal

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ को तोकियो प्रर्दशन मिति

LC (KTM) September 16, 2022 0

काठमाडौं :

फिल्म ‘छक्का पञ्जा ४’ फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शनमा आउने भएको छ ।

कलाकार तथा निर्माता दीपक राज गिरी र दीपाश्री निरौलाको टिमबाट निर्माण भएको फिल्म ‘छक्का पञ्जा ४’ यूनिटले कात्तिक ४ मा प्रदृशनको तयारी गरेको भएता पनि अहिले फागुन १९ का लागि प्रदृशन मिति पक्का गरेको छ ।

केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गर्दै दर्शकलाई जानकारी दिएका हुन् । हेमराज विसीले निर्देशनमा तयार भइरहेको फिल्मलाई प्रतिक्षित फिल्मका रुपमा पनि हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर