सुदर्शन थापाले माफी मागेपछि पत्रकार सुजन श्रेष्ठ र थापाबीचको विवाद मिल्यो — OSNepal

सुदर्शन थापाले माफी मागेपछि पत्रकार सुजन श्रेष्ठ र थापाबीचको विवाद मिल्यो

LC (KTM) September 16, 2022 0

काठमाडौं । निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद अन्तत साम्य भएको छ । पत्रकार सुजनले प्रहरीमा हिजो बिहीबार उजुरी दिएपछि प्रहरी वृत्त, गौशालामा छलफल भएको थियो ।

शुक्रबार प्रहरी वृत्त, गौशालामा छलफलमा निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि विवाद मिलेको थियो । निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको बताइएको छ ।

छलफल झन्डै दुई घण्टा चलेको थियो । छलफलमा पाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा भउको थियो । थापाले पत्रकार श्रेष्ठमाथि गरेको गालीगलौज र धम्कीप्रति आत्मालोचना गर्दै माफी माग्ने र श्रेष्ठले यस मुद्दालाई फिर्ता लिने नबढाउने सहमति भएको अध्यक्ष पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर