एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ — OSNepal

एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ

LC (KTM) June 25, 2021 0

काठमाडौँ ११ असार । एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । डकुल्लालाई भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार राति मेसिन तोडफोडको अवस्थामा भेटिएपछि बैंकमा जडान गरिएको सिसीटिभी क्यामेराको सहयोगले ठकुल्ला लाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका ठकुल्लामाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर