हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै — OSNepal

हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै

LC (KTM) September 18, 2022 0

काठमाडाैं, २ असाेज । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्री सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनियर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् ।

१४ देखि १६ अक्टोबरसम्म आयाेजना हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथीको रुपमा उपस्थित हुने छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

संघ अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट ब्यक्तिसँग पनि भेट गर्ने छन् । सेमिनार लीको मातहतमा हुने छ । सेमिनारमा उनले नेतृत्व क्षमता अभिबृद्धीका लागि प्रशिक्षण पनि दिने छन् ।

विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दीर्घकालीन लक्ष्य र उद्येष्यका बारे छलफल पनि हुने छ । ग्लोबल हाप्किडो एसोसीएसनको आयोजनमा अर्को बर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अबसरमा छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर