भिडियोमा हेर्नुहोस् नेपाली कांग्रेसको चुनावी गीत — OSNepal

भिडियोमा हेर्नुहोस् नेपाली कांग्रेसको चुनावी गीत

LC (KTM) September 18, 2022 0

काठमाडौं– अगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरी खतिवडा लगायतले गीत सार्वजनिक गरेका हुन् । गीत नेपाली कांग्रेसको निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो ।

साँस्कृतिक संघका सभापति तीर्थ थापाले नेपाली काँग्रेसलाई स्थानिय निर्वाचनमा जिताउन यस्ता कैयौं गीत ल्याएको स्मरण गर्दै ४ मंसिरको निर्वाचनमा काँग्रेसको जित सुनिस्चितताका लागि गीत निर्माण भएको बताए ।

साँस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए । रिजालकै विषेश पहलमा गीत निर्माण भएको हो ।

यो गीतमा राधिका हमाल, शशि विक्रम थापा, गोविन्द मधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ भने शब्द लोकराज अधिकारीका र संगीत गोविन्द मधुर आचार्यको रहेको छ ।

भिडियोमा विक्रान्त बस्नेत, शिवहरी बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, श्रृजना घिमिरे, सरु थपा, गान्दिप गिरी, नविन गिरी, शिव शंकर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी, राजेन्द्र खत्री, उत्तम थापा लगायतको अभिनय गीतको भिडियामा देख्न सकिन्छ ।

तीर्थ बहादुर थापाको निर्देशन रहेको गीतको भिडियोमा जीवन पराजुलीको छायांकन तथा उत्तर मगरको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर