बाबुराम भट्टराइ पुत्री मानुषी काठमाडौं ७ बाट चुनाब लड्ने — OSNepal

बाबुराम भट्टराइ पुत्री मानुषी काठमाडौं ७ बाट चुनाब लड्ने

LC (KTM) September 19, 2022 0

काठमाडौं –

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । सत्तागठबन्धनमा काठमाडौं ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको तयारी रहेको छ ।

नेसपा र माओवादी केन्द्र बिच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको यिो । दुई दलबीच सिट बाँडफाँड भने टुंगो लागि नसकेको बताइएको छ । गठबन्धनका शीर्ष नेताको सकारात्मक संकेतपछि काठमाडौं ७ मा यमीले निर्वाचन तयारीसमेत थालिसकेकी छिन् ।

बाबुराम भट्टराइकी पुत्री समेत रहेकी यमी उनी चुनाबमा उठ्ने तयारी गरेपछि महिला र अध्ययनशील युवाको प्रतिनिधित्व गर्दै निर्वाचन तयारीमा जुटिसकेको छ ।माओवादीले काठमाडौं ७ बाट मानुषी, २ बाट पूर्वसभामुख ओनसरी घर्ती र ३ बाट स्वतन्त्र रूपमा कुलमान घिसिङलाई उम्मेदवार बनाउन चाहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर