असोज १६ गते उर्लाबारीमा बृहत कन्सर्ट हुने — OSNepal

असोज १६ गते उर्लाबारीमा बृहत कन्सर्ट हुने

LC (KTM) September 19, 2022 0

उर्लाबारी । मोरङको उर्लाबारीमा बिजया दशमी तथा शुभदिपावलीको अवसर पारेर बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ । न्यु सिद्धार्थ क्लव उर्लाबारीले आगामि असोज १६ गते उर्लाबारी पार्टी प्यालेस परिसरमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

फुलपाती साँझ नाम दिईएको उक्त कार्यक्रममा गायक नरेन लिम्बु टिमले भरपुर सांगीतिक मनोरञ्जन दिलाउने छन् । यसका साथैं डिजेहरुले डिजेईङ गदै भरपुर नचाउने छन् । कोरोना कहर त्यसपछिको लकडाउनले सांगीतिक कार्यक्रम हुन सकेको छैन् ।

बिस्तारै तङग्रीदै गरेको माहौललाई सदुपयोग गर्दै उर्लाबारीको पहिचान र चिनारीलाई देशदेशान्तर पुर्याउन सामाजिक काम सहयोर्गाथ कन्सर्टको आयोजना गरिने भएको कार्यक्रम संयोजक अर्जुन लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर