हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा हुन लागेको अनलाइन ट्यालेन्ट शो २०२३ को घोषणा, फाइनल अमेरिकामा हुने — OSNepal

हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा हुन लागेको अनलाइन ट्यालेन्ट शो २०२३ को घोषणा, फाइनल अमेरिकामा हुने

LC (KTM) September 19, 2022 0

काठमाडौँ । विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअन माध्यमबाट छनौट गरि फाइनल गर्न लागिएको कार्यक्रम अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करणको घोषणा गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको प्रतिस्पर्धामा सहभागिले गायन, बाद्यबादन, नृत्य तथा कमेडी विधामा आफ्नो आयोजक हिमालयन म्यूजिक एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरले जानकारी दिए ।

सो अवसरमा बोल्दै एकेडेमीका अध्यक्ष जमेरले विश्वभर छरिएर रहेका नेपालीहरुलाइर्ए भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकिकृत गर्न आँफुहरुले सानो पहल गरेको बताए ।

हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उदेश्यसहित पहिलो संस्करण सुरु गरिएको अध्यक्ष गजमेरले ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्धारा ्िरशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ ।

सो अवसरमा बोल्दै कलाका तथा नाट्यकर्मी कृष्ण मल्ल अमेरिकामा बसेर पनि पुष्पको यो आँट र साहास गज्जबको भएको भन्दै तारिफ गरे । उनले भने जति बाहिर बस्यो उती देशको, कला, संस्कृतिको माया लाग्ने रहेछ भन्ने कुराको उदाहरण पुष्प भएको बताए ।

त्यस्तै कार्यक्रमका संचालक, बरिष्ठ संचारकर्मी दिनेश डिसीले पुष्पको यो कदमको सबैले साथ दिनुपर्ने कुरामा जोड दिए ।

प्रतिस्पर्धामा बिजेताले नगद पुरस्कार, छात्रवृत्ति तथा अन्य गिफ्ट ह्याम्परहरुको पनि ब्यबस्था गरिएको आयेजकले बताए । नेपाली कलाका क्षेत्रमा विभिन्न संस्थाका साथमा भुटनिज आर्टिष्ट म्यूजिक एशोसियसन बामा, अमेरिकाका र डुक इन्टरनेशलन सितारिओ कराँते अफ अमेरिका डिस्कामा को सहयोगमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर