थोरै काम गरेर व्यपाक चर्चा कमाउने प्रभासले किन गरे १५० करोडको विज्ञापन अस्विकार — OSNepal

थोरै काम गरेर व्यपाक चर्चा कमाउने प्रभासले किन गरे १५० करोडको विज्ञापन अस्विकार

LC (KTM) September 20, 2022 0

काठमाडौं । साउथ सुपरस्टार प्रभास थोरै काम गर्छन् तर ब्यापक चर्चा कमाउँछन् । निकै छानेर काम गर्ने यि सुपरस्टारले हालै १५० करोड भारतीय रुपियाँको विज्ञापन गर्न अस्वीकार गरेका छन् । हरेक काम निकै सोचेर गर्ने प्रभाषले आफ्नो ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै गम्भीर छन् ।

फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा मात्र काम गर्दैआएका यि ह्याण्डसम हिरोले फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँदा पनि हत्तपत्त काम नगर्ने गरेका कारण उनको चर्चा पछिल्ला दिनमा चुलीएको छ । उनलाई चलेका विज्ञापनक कम्पनीहरुले पनि उनलाई आफ्नो विज्ञापनमा ल्याउन खोज्छन् ।

तर एकदम कम कम्पनीहरुले मात्रै उनलाई आफ्नो एडमा खेलाउने अवसर पाउँछन् । यसैबिच केही समयअगाडि १५० करोडको विज्ञापन अस्वीकार गरेर धेरैलाई अचम्ममा पारेका थिए । सुत्रका अनुसार उनले थुप्रै विज्ञापन गर्न अस्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् ।

उनको रोजाईमा परेका कम्पनीहरुले मात्र उनलाई भने जतिको रकम तिर्न तयार हुन्छन् । तर यो अधिकार कम्पनीमा नभएर सिर्फ प्रभाषमा मात्रै रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर