प्रदिप खड्कको प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ नेपालमा हिन्दीमा प्रदर्शन नगर्न अशोक शर्माको आग्रह — OSNepal

प्रदिप खड्कको प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ नेपालमा हिन्दीमा प्रदर्शन नगर्न अशोक शर्माको आग्रह

LC (KTM) September 20, 2022 0

काठमाडौं :

‘प्रेमगीत ३’लाई नेपालमा हिन्दीमा प्रदर्शन नर्गन निर्देशक, निर्माता, कलाकार तथा वितरक अशोक शर्माले आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । शर्माले सोमवार फेसबुकमा स्टाटस लेख्दै हिन्दी डब नेपालमा प्रदर्शन गर्दा नेपाली भाषा, संस्कृतिमा दुर्गामी प्रभाव पर्ने भएकाले ‘प्रेमगीत ३’को हिन्दी डबिङ नेपालमा प्रदर्शन नगर्न फिल्मको टिमलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन् ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेन, वितरक मनोज राठी र गोविन्द शाही तथा कलाकार प्रदीप खड्काहरुलाई विनम्र अनुरोध छ कि नेपालमा उक्त फिल्म नेपाली, अझ सम्भव भए देशका अन्य जातजातीका भाषामा डब गरी प्रदर्शन गराऊँ । तर, हिन्दीमा नगराऊँ । यसको दुर्गामी प्रभाव हाम्रो भाषा, संस्कृति र हाम्रो क्षेत्रमा पर्छ । यो मेरो अनुरोध हो निर्णय तपाईंहरुको ।’’

केही दिनअघि निर्देशक तथा कलाकार मोहन निरौलाले पनि फेसबुकमा स्टाटस लेख्दै नेपालमा नेपाली भाषामा मात्र फिल्म प्रदर्शन गर्नु सान्दर्भिक र न्यायोचित हुने बताएका थिए । उनले लेखेका थिए, ‘भाषालाई जीवन्त राख्नु हाम्रो पहिलो दायित्व र कर्तव्य हो ।’ भाषा अतिक्रमणबारे चिन्ता व्यक्त गर्ने अन्य फिल्मकर्मीले पनि ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दीमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

हिन्दी फिल्महरुले नेपाली भाषामाथि ठूलो अतिक्रमण गरिरहेको अवस्थामा नेपाली फिल्म ‘प्रेमगीत ३’ भने हिन्दीमा डब भएर नेपालमा पनि हिन्दीमै प्रदर्शनको तयारीमा रहेको भन्दै यसको चर्चा फेरी थप चुलिएको हो । कोही हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा दिन नहुने अडानमा छन् भने कोही नेपाली फिल्म नै भएकाले सेवा(सुविधा दिनुपर्ने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर