सुनील शेट्टीका ज्वाँइ बन्लान् त क्रिकेटर केएल राहुल ? अथिया शेट्टी संग यस्तो अवस्थामा भेटिए — OSNepal

सुनील शेट्टीका ज्वाँइ बन्लान् त क्रिकेटर केएल राहुल ? अथिया शेट्टी संग यस्तो अवस्थामा भेटिए

LC (KTM) September 20, 2022 0

बलिउड अभिनेता सुनील शेट्टीकी छोरी अभिनेत्री अथिया शेट्टी तथा क्रिकेटर केएल राहुलको सेक्रेट अफेयरको पर्दा अब सबैको सामु हटेको छ । दुबै जना स्टार्सले आफ्नो रिलेसनशिपमा धेरै लामो समय बिताए तर आधिकारीक रुपमा दुबैले केही बोलेका थिएनन् । तर अब दुनियाको माझमा अथिया तथा केएलको मायाप्रेमको कुरा बाहिर आएको छ ।

बुधबार अर्थात आज फिल्म तडपको प्रीमियरमा दुबै जना पहिलो पटक मिडियाको सामु देखा परेका छन् । अथिया तथा केएल राहुल एकै साथ स्टेजमा देखिदा उनीहरुको फोटो खिच्नको लागि लाईन नै लागेको थियो । अथियाले केएलको हात पक्रिएर स्टेजमा पुगेकी थिईन् ।

साथै उनले फोटो पत्रकारलाई कैयौ स्माईलिंग पोज दिएकी थिईन् । यस दौरान दुबै जनाको अनुहारमा खुशी झल्किएको प्रष्ट देखिन्थ्यो । प्रीमियरमा अथियाका बुवा सुनील शेट्टी तथा आमा माणा शेट्टी पनि सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर