दीपकराज गिरीलाई ब्रान्डको नाममा नतर्साउन 'बुलाकी’ निर्देशकले दिए चेतावनी — OSNepal

दीपकराज गिरीलाई ब्रान्डको नाममा नतर्साउन ‘बुलाकी’ निर्देशकले दिए चेतावनी

LC (KTM) September 20, 2022 0

काठमाडौं :

दिपक दिपाको छक्का पञ्जा ४’ भिड्न आएपछि ‘परस्त्री’ निर्मात्रीको सर्मिला पाण्डे आक्रोसित बनेकी छन् । उनले सामाजिक संजाल ‘छक्का पञ्जा ४’ भिड्न आएपछि आइतवार फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेकी छन् ।

उनले आफ्नो फिल्मसँग अरु फिल्म आएर भिड्न लाग्नु निरन्तर रुपमा फिल्म निर्माण गरिरहेको आफ्नो टिमलाई हतोत्साही बनाउन र नेपाली फिल्म उद्योगलाई धरासाही बनाउन लागि परेको बताएकी छन् ।

उनले लेखेकी छन् हामी हाम्रो फिल्मलाई घोषित मिति फागुन १९ मै प्रदर्शन गर्ने कुरा जानकारी गराउँछौं र नेपाली फिल्म प्रदर्शनमा हुने गरेको बलमिच्याइको बारेमा उचित व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले गर्ने काम के हो त्यो पनि हामी नियाली रहेका छौं ।’ यो फिल्मलाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् भने कोशिश क्षेत्री र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ ।

यसो त सर्मिला मात्र होइा् छक्का पञ्जा ४ले प्रदर्शन मिति घोषणा गरेपछि अन्य तीन फिल्मका निर्माताको होसहवास् उडेको छ ।त्यस्तै सोही मितीमा अन्य ३ फिल्म लाग्दैछन् भन्ने जान्दा जान्दै त्यही मितिमा प्रदर्शन तोकेर ब्रान्डको नाममा तर्साउन खोजेको आरोप दीपकराज गिरी समुहलाई लागेको छ । शुक्रवार ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारले ब्रान्डको नाममा नतर्साउन चेतावनी नै दिए ।
नारले शुक्रवार फेसबुकमा स्टाटस लेख्दै ‘छक्का पञ्जा’का निर्माता दीपकराज गिरीलाई ब्रान्डको नाममा नतर्साउन चेतावनी दिँदै ‘बुलाकी’ फागुन १९ मै आउने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर