रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही नबोल्नु भन्दै सरोज खनाल माथि खनिए 'प्रेम गीत ३ निर्माता' सन्तोस सेन — OSNepal

रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही नबोल्नु भन्दै सरोज खनाल माथि खनिए ‘प्रेम गीत ३ निर्माता’ सन्तोस सेन

LC (KTM) September 20, 2022 0

काठमाडौं :

यतिबेला ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीचको विवाद उत्कर्षमा छ । विवादले फिल्म नगरी खुबै गर्माएको छ । यस विषमा मानिसहरु आफ्ना धारण राख्दै पक्ष विपक्षमा देखिन थालेका छन् । खासगरी अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेपछि विवाद उत्कर्षमा छ ।

यस्तोमा अभिनेता सरोज खनालले केसीको राजीनामा माग्ने प्रदीपको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युट्युबमा अन्तर्वार्ता समेत दिए पछि उनि माति प्रेम गीत ३ निर्माता सन्तोस सेन खनिएका छन् । उनले भुवन केसी सिनियर भएकाले राजीनामा माग्नु गलत भएको बताएपछि सन्तास रिसाएका हुन् ।

निर्माता सेनले सामाजिक सञ्जालमार्फत अभिनेता खनालमाथि कटाक्ष गरेका छन् । खनालले नेपाली कलाकार अमेरिकामा लुक्नुपर्छ भन्ने बानी बसालेको भन्दै सेन खनालमाथि खनिएका छन् ।उनले लेखेका छन्आ दरणीय सरोज दाइ, तपाईं जस्तो दिग्गज कलाकार ।

अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन । एउटा रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदै हिँड्नुपर्छ र ? प्रेम गीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईं कै निर्देशकको भनाइ हो ।

अली सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिँड्नु होला । स्वयम् प्रदीपलाई सम्म यो कुरा सुन्दा लाज भयो होला ।’‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बानी बसालिदिएपछि राम्रो कामको लागि पनि कलाकारले भिसा पाउन नसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर