यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो भन्दै प्रेम गीतको टिमविरुद्ध खनिए दीपक ? — OSNepal

यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो भन्दै प्रेम गीतको टिमविरुद्ध खनिए दीपक ?

LC (KTM) September 20, 2022 0

काठमाडौं ।

यती चलचित्र ‘प्रेमगीत- ३’ को चर्चा र विबाद एकैसाथ चुलिएको छ । अभिनेता सरोज खनालले बोर्ड अध्यक्ष केसीको राजीनामा माग्ने प्रदीप खड्काको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अन्तर्वार्ता समेत दिए पछि उनि माति प्रेम गीत ३ निर्माता सन्तोस सेन खनिएका छन् ।

उनले भुवन केसी सिनियर भएकाले राजीनामा माग्नु गलत भएको बताएपछि सन्तोसले रिसाउँदै खनालले नेपाली कलाकार अमेरिकामा लुक्नुपर्छ भन्ने बानी बसालेको भन्दै सेन खनालमाथि खनिएपछि निर्माता तथा कलाकार दीपकराज गिरीले सेनको अभिब्यक्तिमाथि आपत्ति जनाएका छन् ।

दीपकले सन्तोषको अभिब्यक्ति लगत भएको भन्दै सबैलाई गाली गरेर फिल्म चलाउने हो ? भन्दै सन्तोषलाई कर तिर्ने बाटोमा हिँडेर फिल्म चलाउन आग्रह गरेका छन् ।

दीपकराज गिरीले आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन पनि सुझाव दिएपछि उनको स्टाटस अहिले भाइरल बनिरहेको छ ।

दीपकले सामाजिक संजालमा भनेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ‘ यो लिष्ट निक्कै लामो हुँदैछ दिनप्रति‘। सबैलाई गाली गरेरै फ़िल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ? ’

हिन्दी भाषाको ‘प्रेमगीत ३’ मा नियमानुसार कर तिर्न सुझाउँदै दीपकले भनेका ‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो रु त्यसपछि उद्योग सकिदिने रु अनि आफूमात्रै राज गर्ने हो रु घर नै नरहे कहाँ बस्छौ साथी ? ’

यो पनि : रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही नबोल्नु भन्दै सरोज खनाल माथि खनिए ‘प्रेम गीत ३ निर्माता’ सन्तोस सेन :
यतिबेला ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीचको विवाद उत्कर्षमा छ । विवादले फिल्म नगरी खुबै गर्माएको छ । यस विषमा मानिसहरु आफ्ना धारण राख्दै पक्ष विपक्षमा देखिन थालेका छन् । खासगरी अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेपछि विवाद उत्कर्षमा छ ।

यस्तोमा अभिनेता सरोज खनालले केसीको राजीनामा माग्ने प्रदीपको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युट्युबमा अन्तर्वार्ता समेत दिए पछि उनि माति प्रेम गीत ३ निर्माता सन्तोस सेन खनिएका छन् । उनले भुवन केसी सिनियर भएकाले राजीनामा माग्नु गलत भएको बताएपछि सन्तास रिसाएका हुन् ।

निर्माता सेनले सामाजिक सञ्जालमार्फत अभिनेता खनालमाथि कटाक्ष गरेका छन् । खनालले नेपाली कलाकार अमेरिकामा लुक्नुपर्छ भन्ने बानी बसालेको भन्दै सेन खनालमाथि खनिएका छन् ।उनले लेखेका छन्आ दरणीय सरोज दाइ, तपाईं जस्तो दिग्गज कलाकार ।

अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन । एउटा रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदै हिँड्नुपर्छ र ? प्रेम गीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईं कै निर्देशकको भनाइ हो ।

अली सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिँड्नु होला । स्वयम् प्रदीपलाई सम्म यो कुरा सुन्दा लाज भयो होला ।’‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बानी बसालिदिएपछि राम्रो कामको लागि पनि कलाकारले भिसा पाउन नसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर