फिल्म ‘रीत’ को राष्ट्रिय नाचघरमा प्रिमियर — OSNepal

फिल्म ‘रीत’ को राष्ट्रिय नाचघरमा प्रिमियर

LC (KTM) September 20, 2022 0

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्द्वारा निर्माण गरिएको फिल्म ‘रीत’ को सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गरिएको छ । प्रिमियर शोमा गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान गरिएको थियो ।

लिम्बू भाषा संस्कृतिमा बनेको फिल्ममा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ । फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ ईङनाम, सागर केरुङ, याशेली योङहाङ, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भिम थेबे, पुर्ण सेलिङ, रत्न लिङदेन लावती, नन्दु तुम्वापो, एन्जिला नेम्वाङ, राजु घिमीरे, प्रभु कुरुम्बाङ, नितु रानी नेम्वाङ र दिनेश माङमुको अभिनय छ ।

फिल्ममा होमकुमार लावती, आशा नेम्वाङ र बिष्नु कुमार ईङनाम निर्माता र बसन्त थेबे सहनिर्माता छन् । मिक हाङ्ग लिङ्देनको प्रस्तुति रहेको फिल्ममा संगित मान तबेबुङ, अशोक राईको छ । मेचु धिमाल, सुसन साम्सोहाङ, मान तबेबुङ र श्रेयसी चेम्जङको स्वर दिएका छन् भने नृत्य दिनेश माङमु र छायांकन सुमन योन्जनको रहेको छ ।फिल्ममा सागर केरुङको कथा र दिनेश लिङदेनको निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर