यिनै हुन् २२ किलो गाँजासहित पक्राउ परेका तीन जना — OSNepal

यिनै हुन् २२ किलो गाँजासहित पक्राउ परेका तीन जना

LC (KTM) September 22, 2022 0

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारबाट बुधबार गाँजासहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिँदै । प्रहरीले निजहरुको साथबाट २२ किलो गाँजा बरामद गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

बुइपाको चिस्यान केन्द्र उद्घाटनमै सीमित
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको चस्यान केन्द्र उद्घाटनमै सीमित बनेको छ । उद्घाटन गरेको छ महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

तत्कालीन सङ्घीय सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट वितरण गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र नगरपालिकाको रु ४० लाखको लागतमा निर्माण गरिएको सो चिस्यान केन्द्र गत चैत २५ गते उद्घाटन गरिएको हो । चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । तीस टन भाण्डारण क्षमताको चिस्यान केन्द्रमा अहिलेसम्म ताला लगायएको छ ।

बुइपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषिउपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिना दिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको थियो ।

किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणाअनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन ।

पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन हुँदा बुइपाका स्थानीय कृषक हर्षित भएका थिए । तर चिस्यान केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरु निराश बनेका छन् । जिल्लाभरका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषिउपज भण्डारण गर्ने गरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।

बुइपाका उत्कृष्ट कृषक समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएका कारण सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “कृषक समूहले किसानका कृषिउपज भण्डारण गरेबापत मासिकरूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि नगरले कार्यविधि बनाएको छैन । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर