चर्चित हाँस्यकलाकार बुद्धि तामाङले मकवानपुरकी अनुसँग भोली लगनगाँठो कस्दै — OSNepal

चर्चित हाँस्यकलाकार बुद्धि तामाङले मकवानपुरकी अनुसँग भोली लगनगाँठो कस्दै

LC (KTM) September 22, 2022 0

काठमाडौं ।

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ हैटले भोलि विबाह गर्दैछन् ।

बुद्धिले शुक्रबार मकवानपुरकी अनु थिङसँग परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

यो जोडीको विबाह शुक्रबार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

३० वर्षीया थिङले स्नातकसम्मको अध्ययन गरेकी छिन् भने यो जोडीले मागि विबाह गर्न लागेका हुन् ।

बुद्धिले परिवारकै माध्यमबाट अनु थिङसँग भेट भएको बताएका छन् ।

यो पनि : ‘प्रेमगीत ३’को हिन्दी डब नेपाली फिल्म नै भएको मन्त्रालयको ठहर : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । संञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए ।

यस्तो निर्णय आएपछि अब प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार नभएको भन्दै पोखरेलले फिल्मले अब १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने बताए ।

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । पछिल्लो समय प्रेम गीत ३ विवादले नेपाली सिने क्षेत्र गमाृएको थियो । भने कलाकारहरु पनि पक्ष र विपक्षमा बोल्न थालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर