काठमाडौँ । काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलमा शुक्रबार दोस्रो त्रैमासिक परिक्षा चलिरहेको थियो । परिक्षा सकिनै लाग्दा काठमाडौँ महानगरपालिकाको टोलीले स्कुलको ब्लक सिमा शुक्रबार डोजर चलाएको छ । परिक्षा चलिरहँदा बालेन शाह डोजर चलेपछि स्कुल कम्पाउडभित्र जे देखियो हेर्नुहोस् यी दृश्यहरु
यो पनि : जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ महंगियाे : कुनै बेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ । दोर्दीखोलामा जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ बढ्नन थालेकाे हाे ।
उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गर्न पाएका छन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन् ।
मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन् । उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयाैँ वर्षदेखि बाँझो रहेका जग्गासमेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’