मेरो बिरामीले अक्सिजन नपाएर मृ त्यु भएमा जवाफदेही कोही पनि हुनेछैन भन्दै सहीछाप गर्न बाध्य — OSNepal

मेरो बिरामीले अक्सिजन नपाएर मृ त्यु भएमा जवाफदेही कोही पनि हुनेछैन भन्दै सहीछाप गर्न बाध्य

LC (KTM) May 13, 2021 0

काठमाडौं । ३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो । बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज गरायो– ‘कोभिड संक्रमित बिरामीका लागि अत्यधिक अक्सिजन आवश्यकता परेको, तर यस विषम परिस्थितिमा राज्यले प्रशस्त अक्सिजनको व्यवस्था मिलाउन नसकी अक्सिजनको चरम अभाव भएको हुँदा अस्पतालले पनि अक्सिजनको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेको, वार्ड तथा इमर्जेन्सीमा भएको बिरामीहरूलाई चाहिने मात्रामा अक्सिजन दिन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यान तल–माथि भएमा अस्पताल तथा कुनै पनि कर्मचारीहरू जवाफदेही हुनेछैन । जे–जस्तो छ, त्यसैमा उपचार गर्न तयार छु भनी सहीछाप गर्न मञ्जुर छु ।’

भक्तपुर मात्र होइन, देशैभरका सरकारी अस्पतालले बिरामीका आफन्तलाई यस्तै कागज गराउन थालेका छन् । ‘मेरो बिरामीले अक्सिजन नपाएर मृ त्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने कागजमा औँठाछापसमेत लगाउन बिरामीका आफन्त बाध्य भएका छन् । यहीबीच अक्सिजन रोकिएर बुधबार मात्रै रुपन्देहीमा नौजना र नेपालगन्जमा ६ जना बिरामीको मृत्यु भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को हस्तक्षेपले अस्पतालमा अक्सिजन आपूर्ति झन् जटिल बनाएको छ । सिसिएमसीको हस्तक्षेपले अक्सिजनको आपूर्ति बढाएको छैन, उल्टै अस्पतालमा आपूर्ति भइरहेको अक्सिजनसमेत घटाएर संक्रमितको जीवनमाथि झन् ठूलो खेलबाड गरिरहेको छ ।

महामारी सुरु भएको एक वर्षसम्म अक्सिजन आपूर्ति बढाउन कुनै पहल नगरेको सिसिएमसी अहिले अक्सिजन व्यवस्थापनमा उत्रिएको छ । तर, वीर, पाटन, पोखरा र धरानजस्ता देशका प्रमुख अस्पतालमा एक वर्षअघि नै बिग्रिएका अक्सिजन प्लान्ट मर्मत गर्नसमेत सिसिएमसीले कुनै पहल गरेको थिएन । नयाँ प्लान्ट बनाउन र अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउन पनि सार्थक तयारी भएन । अहिले हाहाकार भएपछि हस्तक्षेपमा उत्रिएर समस्या झन् बढाएको छ ।
नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर