मर्निङवाकमा गएका जीतबहादुरको हात्तीको आ क्रमणबाट घटनास्थलमै नै मृ त्यु — OSNepal

मर्निङवाकमा गएका जीतबहादुरको हात्तीको आ क्रमणबाट घटनास्थलमै नै मृ त्यु

LC (KTM) May 13, 2021 0

सुरुङ्गा (झापा), ३० वैशाख – मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आ क्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्या न गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्या न गएको हो ।

उहाँलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आ क्रमण गरेको थियो । जङ्गली हात्तीको आ क्रमणबाट उहाँको घटनास्थलमा नै मृ त्यु भएको हो । बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आ क्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर