जंगलमा १० जना छोराछोरी जन्माएकी यि तामाङ्नीको कथाले कसका आँखा नरसाउलान् र ? भिडियोमा हेर्नुहोस् उनको घतलाग्दो कहानी — OSNepal

जंगलमा १० जना छोराछोरी जन्माएकी यि तामाङ्नीको कथाले कसका आँखा नरसाउलान् र ? भिडियोमा हेर्नुहोस् उनको घतलाग्दो कहानी

LC (KTM) June 26, 2021 0

धनमाया तामाङले १० जना छोराछोरीलाई जन्म दिइन् । अहिले उनको उमेर ६७ बर्ष पुग्यो । चेपाङ गाउँमा आफ्नो जिवन बिताएकी धनमाया तामाङले सबै छोराछोरीलाई जंगलमै जन्म दिइन् । उबेला सुत्केरी हुनको लागि अस्पताल जाने चलन थिएनन् ।

‘अस्पताल कहाँ कस्तो हुन्छ हामीलाई थाहा समेत थिएन ।’ धनमाया तामाङले भनिन्, ‘अहिले अस्पताल बनेका छन्, छोरी बुहारीहरु बच्चा जन्माउन अस्पताल जाने गर्दछन् ।’ अहिले सरकारले सुत्केरी अस्पतालमै गराउन भनेको छ । तर धनमायाको पालामा त्यस्तो थिएन ।

जंगलमा गोठालो गएको बेलामा र खेतबारीमा काम गर्दागर्दै उबेला छोराछोरी जन्माउने गरेको उनले सुनाएकी छन् । अशिक्षाका कारण उबेलामा सबैले धेरै सन्तान जन्माउने गरेको भन्दै धनमायाले भनिन्, ‘धेरै सन्तान जन्माउन पढाउन लेखाउन, पालनपोषणमा धेरै नै समस्या हुन्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर