भदौको १६ गतेसम्म महामारी जारी रहन्छ — OSNepal

भदौको १६ गतेसम्म महामारी जारी रहन्छ

LC (KTM) May 13, 2021 0

काठमाडौँ- कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृ त्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महा मारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो ।

उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृ त्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृ त्यु भएको छ । मंगलबार सर्वाधिक २२५ जनाको मृ त्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर