पाँचौ ग्लोबल फिल्म अवार्ड अमेरिकामा सम्पन्न, हेर्नुहोस् अवार्ड समारोहका यी एक्सक्लुसिभ दृश्यहरु — OSNepal

पाँचौ ग्लोबल फिल्म अवार्ड अमेरिकामा सम्पन्न, हेर्नुहोस् अवार्ड समारोहका यी एक्सक्लुसिभ दृश्यहरु

LC (KTM) October 20, 2022 0

काठमाडौँ । पाँचौ ग्लोबल फिल्म अवार्ड अमेरिकाको कोलोराडोमा सम्पन्न भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा टेवा पुगोस् भन्ने उदेश्यले आयोजना गरिएको अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् ।

झरना सोही फिल्मबाट ‘ए मेरो हजुर ३’बाट उत्कृष्ट निर्देशक घोषित भइन् भने जुरी स्पेसल अवार्ड ‘मारुनी’लाई प्रदान गरियो । वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले हात पार्दा ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता बन्न सफल भए भने ‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भए । नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्डमा डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ घोषित हुँदा सुधांशु जोशी उत्कृष्ट अभिनेता बने ।

‘हेलो जिन्दगी’ले उत्कृष्ट फिल्मको उपाधि प्राप्त गर्दा अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयरको उपाधिबाट सम्मानित भइन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाह , नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नबराज श्रेष्ठ, नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा कृष्ण मल्ल, अभिनेता अभिनेत्रीहरु सुनिल थापा शिव श्रेष्ठ, सर्मिला मल्ल, आरपि पन्त, सरिता लामिछाने, रिमा विश्वकर्मा, संजय खतिवडा, झरना थापा, सुवाना थापा, पुनम गौतम, संगीतकार सम्भुजित वास्कोटा लगायतको उपस्थितीमा सम्पन्न समारोहमा अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरियो ।

आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारा सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करणमा संगीतकार शम्भुजीत बाँस्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो भने रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरियो ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र चर्चित निर्देशक नारायण पुरी अध्यक्ष रहेको संस्था ८८४८ मिडिया हाउस एल एल सीको संयुक्त आयोजनामाअवार्ड वितरण कार्यक्रम कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन रिमा विश्वकर्मा र निशा पाठकले गरेका थिए । भव्य रुपमा सम्पन्न अवार्ड समारोहका यी एक्सक्लुसिभ दृश्यहरु हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर