चार गुणा चार सय मिटर रिले दौडको दुवै विधामा आर्मीलाई स्वर्ण — OSNepal

चार गुणा चार सय मिटर रिले दौडको दुवै विधामा आर्मीलाई स्वर्ण

LC (KTM) October 20, 2022 0

पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिले दौडको पुरुष र महिलातर्फका दुवै विधामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको टोलीले तीन मिनेट १८ दशमलव ३६ सेकेन्ड समय लगाउँदै स्वर्ण पदक हात पारेका हुन् । सो स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)ले रजत पदक जित्यो । एपिएफको टोलीमा नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दिप नेपाली थिए ।

उनीहरुले तीन मिनेट २५ दशमलव ८२ सेकेन्ड समय निकाल्दै रजत जितेका हुन् । त्यसैगरी नेपाल प्रहरीले कास्य पदक हात पा¥यो । प्रहरीका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको टोलीले कास्य जितेको हो । उनीहरुले तीन मिनेट २९ दशमव ३५ सेकेन्ड समय लगाउँदै कास्य जितेका हुन । यसैगरी सोही स्पर्धाको महिलातर्फको विधामा पनि त्रिभुवन आर्मी क्लबले नै स्वर्ण जितको छ । सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरी सम्मलित टोलीले चार मिनेट शुन्य दुई दशमलव ७८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

सोही स्पर्धामा लुबिनी प्रदेशले रजत जित्दा बागमती प्रदेशले कास्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशकी निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टोलीले चार मिनेट १४ दशमलव ८० सेकेन्ड समय लगाउँदै रजत पदक जितेको हो । बागमती प्रदेशकी अञ्जु खड्का, रजिना दुलाल, स्वागता खाइजु र सन्तोषी श्रेष्ठ सम्मेलित टोलीले चार मिनेट २२ दशमलव ७९ समय लगाउँदै कास्य जितेका हुन् ।

भलिबलमा प्रहरीले कास्य जित्यो -नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल प्रहरी क्लबले कास्य पदक हात पारेको छ ।पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली प्रहरीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै कास्य जितेको हो ।खेलको पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१४ ले जित्यो । त्यसैगरी खेलको तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै कास्य पदक जित्न सफल भयो । आज नै स्वर्ण पदकका लागि भीडन्त हुनेछ । फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर