दशैं मनाउन उपत्यकाबाट गाउँ फर्कनेहरुको लर्को — OSNepal

दशैं मनाउन उपत्यकाबाट गाउँ फर्कनेहरुको लर्को

LC (KTM) October 01, 2022 0

विपि राजमार्गअन्तर्गत शनिबार बनेपामा देखिएको दशैं मनाउन उपत्यकाबाट गाउँ फर्कनेहरु लिएर गुडेको सवारी साधनको लर्को । तस्बिर ः पेमा लामा, रासस


सञ्जीव र सञ्जीत सम्मानित
मनमैंजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आट्र्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सञ्जीतकुमार राईलाई आज सम्मान गरेको छ ।उक्त स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरेको हो ।तार्केश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तथा प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उक्त स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा नगरप्रमुख महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिने र यस्ता योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सञ्जीवले स्वर्ण पदक जित्नुभएको थियो । उहाँले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनिमा कांस्य पदक हात पानुभएको थियो ।त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सञ्जीतले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य पदक जित्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर