२ दशकदेखि दशैँमा गरिँदै आएको घोडा संरक्षण दौड प्रतियोगितामा जे देखियो, हेर्नुहोस् फोटो फिचर — OSNepal

२ दशकदेखि दशैँमा गरिँदै आएको घोडा संरक्षण दौड प्रतियोगितामा जे देखियो, हेर्नुहोस् फोटो फिचर

LC (KTM) October 03, 2022 0

जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए । करिब १७ वर्ष अघि जुम्ला विमानस्थलमा हुँदै आएको सो प्रतियोगिता बन्द भएपछि क्लबले यसवर्ष पुनः सञ्चालन गरेको क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको उहाँले जानकारीदिनुभयो । “समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ ”, उहाँले भन्नुभयो, “चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहै सरकारले सहयोग गरेका छैन । यसले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछ । ”

सो प्रतियोगितामा चन्दननाथ नगरपालिका–८ का आनन्द धराला, गुठीचौर गाउँपालिका–१ का हरिप्रसाद बस्नेत र गुठीचौर –२ का कालीप्रसाद बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएकोे थियो भने खुलातर्फ विकास बोहोरा, शङ्कर रोकाया र विपेन बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ । त्यस्तै पालिततर्फ चन्दननाथ नगरपालिका–१० का हर्कबहादुर शाही, गुठीचौर गाउँपालिका–५ का बीर्खबहादुर भण्डारी र गुठीचौर –२ का मुनसुर बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ । प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर