नेपालमा अक्सिजनको अभावसँगै कोरोना संक्रमितले भर्ना नपाएर स्ट्रेचरमै छटपटाएर ज्यान गुमाइरहँदा राज्य कहिलेसम्म रमिते रहने ? — OSNepal

नेपालमा अक्सिजनको अभावसँगै कोरोना संक्रमितले भर्ना नपाएर स्ट्रेचरमै छटपटाएर ज्यान गुमाइरहँदा राज्य कहिलेसम्म रमिते रहने ?

LC (KTM) May 13, 2021 0

कपिलवस्तु । भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।

जनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा। प्रकाश थापा । मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डा। थापा आफैं दिनरात खट्छन् । संक्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए । कोरोना उपचारको केन्द्र बनेको अस्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बिरामी आइरहेका छन् ।यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

विषम परिस्थितिमा अस्पताल प्रशासन सञ्चालन गर्न र बिरामीको उपचार कसरी सम्भव भएको छ रु ‘अस्पताल आइसकेको बिरामीलाई घर जानूस् भन्न मिलेन । भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन् । चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा। थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन् ।’ बेड नपाएर अस्पतालको इमर्जेन्सी अगाडि बिरामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर