भोजपुरी चलचित्र ‘प्रेमगीत २’ को ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलको अहिले सम्मकै दमदार अभिनय — OSNepal

भोजपुरी चलचित्र ‘प्रेमगीत २’ को ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलको अहिले सम्मकै दमदार अभिनय

LC (KTM) May 13, 2021 0

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको भोजपुरी चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको हालै सार्वजनिक गरेको ट्रेलरमा शिल्पालाई देखाइएको छ । सो चलचित्रमा अभिनेत्री शिल्पालाई भोजपुरी अभिनेता प्रदीप पाण्डेको जोडीका रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेता प्रदीप र अभिनेत्री शिल्पाको प्रेम तथा त्यसको आरोह अवरोहका केही दृश्यलाई देखाइएको छ ।

सोनु खत्रीले निर्देशन गरेको यो चलचित्र पोखरा आसपासको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा प्रदीप र शिल्पाका साथमा अमित शुक्ला, रोहित सिंह, सिपी भट्ट, रम्भा सहानी, रोहित थापा, रञ्जितकुमार शर्मा, लगायतका कलाकारको समेत अभिनय छ । निर्देशक सोनुकै निर्माणमा तयार पारिएको यस चलचित्रको प्रस्तुतकर्ता रत्नाकर कुमार रहेका छन् ।सौर्य दैनिकमा खबर छ । हरि घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन गरेको यस चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व रहेको छ । त्यस्तै, ओम झाको संगीत, कविराज गहतराज, शिव बिक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको चलचित्रमा एबी मोहनको कथा रहेको छ । यसअघि अभिनेत्री शिल्पाले भोजपुरी चलचित्र ‘जय शम्भु’ काम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर