अक्सिजनमा चुनावी राजनीति : उर्जामन्त्री रायमाझीले पहुँचका आधारमा माग नै नभई गृहजिल्ला अर्घाखाँची पठाए, अस्पतालहरुमा हाहाकार — OSNepal

अक्सिजनमा चुनावी राजनीति : उर्जामन्त्री रायमाझीले पहुँचका आधारमा माग नै नभई गृहजिल्ला अर्घाखाँची पठाए, अस्पतालहरुमा हाहाकार

LC (KTM) May 13, 2021 0

काठमाडौं । प्रहरी अधिकारीहरूका अनुसार अस्पतालमा अक्सिजन अभाव हुनुको एउटा कारण ‘चुनावी राजनीति’ पनि हो । ठूला नेताहरूले पहुँचका आधारमा माग नै नभई आफ्नो निर्वाचन क्षेत्रमा अक्सिजन सिलिन्डर लगेर राख्ने गरेका छन् । ठूलो संख्यामा त्यसरी सिलिन्डर ‘होल्ड’ गर्दा अक्सिजन व्यवस्थापनमा समस्या भएको छ ।

यसरी जिल्ला पठाइँदै गरिएको अक्सिजन बुधबार प्रहरीले थानकोट नाकामा रोकेको थियो । तर, ‘माथि’को ठूलो दबाब आएपछि छाडिएको छ । सिसिएमसीको स्वीकृतिविना नै लैजान लागिएको भन्दै प्रहरीले रोकेको थियो ।स्रोतका अनुसार काठमाडौं ।काठमाडौं ।ती अक्सिजन सिलिन्डर आफ्नो गृहजिल्ला अर्घाखाँची पठाएका थिए । ‘अक्सिजन सिलिन्डर झारेर गाडी फिर्ता गरिएको थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘पछि यति ठूलो दबाब आयो कि फिर्ता गर्न बाध्य भयौँ ।’ कति सिलिन्डर थिए भन्ने प्रहरीले खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार धेरै नेताले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि नै अक्सिजनसहितका सिलिन्डर जम्मा गरेका छन् । जसमध्ये धेरै प्रयोग हुन सकेको छैन । जसले गर्दा एकातर्फ अक्सिजनको चरम अभाव हुने र अर्कोतर्फ होल्ड हुने अवस्था सिर्जना भएको छ । गृह मन्त्रालयले सिसिएमसीको स्वीकृतिविना अक्सिजन सिलिन्डरको समेत ओसारपसार रोक्न देशभरि सर्कुलर गरेको छ । नेपाल प्रहरीमार्फत आवश्यकताभन्दा धेरै होल्ड गरिएका सिलिन्डर संकलन भइरहेको छ । मंगलबार र बुधबार मात्र यस्ता पाँच सय ४७ सिलिन्डर प्रहरीले संकलन गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर