चर्चित निर्देशक सञ्जय र अभिनेता शाहरुख खान अब नयाँ चलचित्रमा काम गर्दै, दुई दशकपछि हुने भयो एक हुने सपना — OSNepal

चर्चित निर्देशक सञ्जय र अभिनेता शाहरुख खान अब नयाँ चलचित्रमा काम गर्दै, दुई दशकपछि हुने भयो एक हुने सपना

LC (KTM) May 13, 2021 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र निर्देशक सञ्जय लीला भंसालीले दुई दशकपछि एकसाथ काम गर्ने भएका छन् । आफ्नो नयाँ चलचित्र ‘इजहार’ मा भंसालीले शाहरुखलाई प्रस्ताव गरेका हुन् । निर्देशक भंसालीले चार वर्षअघि नै यस चलचित्रमा शाहरुखका साथ काम गर्न चाहन्थे ।

तर त्यत्तिवेला उनहिरुबीच कुरा नमिलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सत्य घटनामा आधारित रहेको कथामा एक भारतीय केटा आफ्नो प्रेमको खोजीमा साइकलबाट नर्वे पुगेको विषय रहेको छ ।सौर्य दैनिकमा खबर छ । अहिलेसम्म यो चलचित्रको औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । यसअघि भंसाली र शाहरुखले ‘देवदास’ मा सँगै काम गरेका थिए । जुन चलचित्र सन् २००२ मा प्रदर्शनमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर