एकैपटक दुईवटा कर्णल बजाउँदै म्याग्दीका दुर्गे परियार — OSNepal

एकैपटक दुईवटा कर्णल बजाउँदै म्याग्दीका दुर्गे परियार

LC (KTM) October 12, 2022 0

एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ । तस्बिर ः सन्तोष गौतम÷रासस

विपन्नको उपचारका लागि प्रवासीको रु ४० लाख
हङ्कङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २०औँ साधारणसभाका अवसरमा सङ्कलन भएको रु ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो ।

मोना हङ्कङका अध्यक्ष कर्ण पुनले मङ्गलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब रु तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताउनुभयो । कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । हालसम्म दुई सय ६५ जनाको उपचारमा सघाएको पुनले बताउनुभयो ।

हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उहाँको उपचार अभियानमा सङ्कलन भएर बचत भएको रु १३ लाख रकमबाट उहाँकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो । रु तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु एक करोड ४३ लाख सङ्कलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरी आठ सय ३० जनाले आजीवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र नौ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।

मोना हङ्कङले सङ्कलन गरेको उक्त रकम जुटाउन हङ्कङमा रहनुभएका १५ म्याग्देलीले प्रतिव्यक्ति रु दुई लाख सहयोग गर्नुभएको थियो । उक्त अवसरमा अक्षयकोषमा रु दुई लाख सहयोग गरी व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गर्नुभएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर