नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

LC (KTM) October 13, 2022 0

अन्नपुर्ण (कास्की), २७ असोज-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला÷पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् । खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२–१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश–१ लाई ५४–१० अङ्कको जित निकालेको हो । आर्मीले पनि नौ अङ्क जोडेको छ ।

यस्तै सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ । एपीएपले प्रदेश–१ लाई ३५–५ अङ्कले जितेको हो । ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०–२५ अङ्कको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८–१७ अङ्कले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ६–४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो । महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश–१ माथि ३४–९ अङ्कको फराकिलो जित निकालेको हो । आर्मीले नौ अङ्क जोडेको छ ।

महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४–१० अङ्कले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’ मा एपिएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । यस्तै महिलातर्फ समूह ‘क’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’ मा आर्मी, प्रदेश एक, बागमती, मधेश र कर्णाली प्रदेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर