बेलायती बजारमा नेपाली परिकार क्वाँटी र मुस्ताङको दालसहित यी ५ परिकार गरियो सार्वजनिक — OSNepal

बेलायती बजारमा नेपाली परिकार क्वाँटी र मुस्ताङको दालसहित यी ५ परिकार गरियो सार्वजनिक

LC (KTM) October 14, 2022 0

बेलायती संसद भवनको ऐतिहासिक कक्षमा आयोजित एक कार्यक्रममा नेपालमा उत्पादन गरिएको नेपाली मौलिक परिकारहरु क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चना र मासको दाल जस्ता ५ परिकार सार्वजनिक गरिएको छ ।

नेपाल फुड्सले आयोजना गरेको प्रोडक्ट लन्चिङ इभेन्टमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शेफ सन्तोष शाह र नेपाल फुड्सका प्रवन्ध निर्देशक बिकास नेपालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त परिकारहरु बिबिसि मास्टर शेफ रि–म्याच बिजेता सन्तोष शाहको रेसिपिमा तयार गरिएको हो ।

नेपाली खानालाई विश्वभरी चिनाउने अभियानकै फल स्वरुप नेपाल फुड्ससँगको सहकार्यमा आफुले नेपाली स्वादको रेसिपिहरु तयार गरेको बताए । हिट एण्ड इट नाम दिइएका यी खानाका परिकारहरु मात्र २ मिनेटमा तयार हुन्छ तताउनु होस् र खानुहोस्, स्वादिलो पनि स्वथ्यकर पनि शेफ शाहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्धन गर्ने एक निकै राम्रो प्रयास भएको बताए । नेपाली स्वाद प्रति आकर्षित गरेर खानाका परखीहरुलाई नेपाल भित्र्याउन सके पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने उनले बताए ।

नेपालमा उत्पादित खाद्दान्न पौष्टिक, स्वास्थ्यकरका साथै स्वादिलो पनि हुनाले विश्व बजारमा माग भए तापनि बजार व्यवस्थापन नहुनाले नेपाली उत्पादनको पहिचान बढाउन बेलायती संसद भवनमा यस कार्यक्रमको आयोजना गरेको र नेपाल फुड्सका उत्पादनहरु नेपाली समुदाय सहित अन्य समुदायमा पनि लोकप्रियता बढ्दै गएको निर्देशक बिकास नेपालले बताए ।

नेपाल फुड्सका उत्पादनहरु बेलायतका विभिन्न पसलहरुमा सहित यूरोप, अमेरिका, अष्ट्रेलिया लगायत २२ देशमा विक्री हुँदै आएको छ । नेपाल फुड्सको हरेक प्याकेटको विक्रीको केही रकम बेलायती च्यारिटी संस्था फेज वल्र्डवाइडलाई प्रदान गरिने भएको छ ।

फेजका निर्देशक बिल्ली वmुरियरले आफ्नो संस्थाले नेपालमा शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा जिविकोपार्जनको क्षेत्रमा काम गरिरहेको र नेपाल पूmड्ससँग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । उक्त समारोहमा परराष्ट्र मन्त्रालयका केही प्रतिनिधि सहित बेलायती संचारकर्मी सहितको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर