बालुवाटारमा जारी स्थायी कमिटिको बैठकमा ओलीले आफ्नो सत्ता टिकाउन नेपाल समुहको माग पुरा गर्लान त? — OSNepal

बालुवाटारमा जारी स्थायी कमिटिको बैठकमा ओलीले आफ्नो सत्ता टिकाउन नेपाल समुहको माग पुरा गर्लान त?

LC (KTM) May 13, 2021 0

काठमाडौं ३० बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा जारी छ । आजको बैठकमा माधव नेपाल समुहले अघि सारेका मागको विषयमा छलफल गरिने बालुवाटार स्रोतले जनाएको छ भने, थप कारवाही गर्ने या फुकुवा गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार दिएको समयसिमाको आज अन्तिम दिन हो । ओलीले आफ्नो सरकार टिकाउन पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउँछन् या नेपाल समुहलाई थप कारवाही गरी सत्ता हस्तान्तरण गर्छन् यो महत्वको विषय बनेको छ । आजै नेपाली कांग्रेसको नयाँ सरकार गठन गर्न सहयोग पुर्याउन राजीनामा दिन तयार भएको नेपाल समुहको यो अर्को महत्वको विषय बनेको छ ।

अहिले स्थायी कमिटको बैठक सकिने बितित्कै नेपाल र ओलीको वान टु वान वार्ता हुने पनि स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर