काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव सुरु, एक थलोमा तीन दर्जन बढी कार्यक्रम — OSNepal

काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव सुरु, एक थलोमा तीन दर्जन बढी कार्यक्रम

LC (KTM) October 16, 2022 0

काठमाडौं-

‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आईतबार बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय बिष्ट कवि अशोक वाजपेयी, संस्कृतिबिद् तुलसी दिवस, बरिष्ट कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षितलगायतले उद्घाटन गरे ।

उद्घाटन पछि महोत्सबमा दुई वटा छुट्टा छुट्टै हलमा शनिबार विभिन्न विषयमाथि १७ वटा सेसनहरु चल्यो । ती सेसनमा नेपाल र भातरका कवि, आख्यानकार, नाट्यकर्मी, चलचित्रकर्मी, लेखक, भाषाविद्, संस्कृतिविद्हरुले आ आफ्नो विचारहरु व्यक्त गरे । महोत्सबमा आईतबार पनि विहानबाट साँझसम्म विभिन्न विषयमा अन्तरक्रिया तथा अन्य कार्यक्रमहरु सञ्चालन हुने छन् ।

महोत्सबमा नेपाल र भातरका गरेर दुई सय भन्दा बढी बक्ताहरुले विभिन्न सेसनमा आफ्ना विचारहरु राखिरहेका छन् । महोत्सबमा अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठसहित ७० जना भन्दा बढी श्रष्टाहरु सहभागी छन् । उनीहरुले आफ्ना विद्धता पनि अन्तरक्रियामा प्रस्तुत गर्दै आएका छन् ।
उद्घाटन समारोहमा विभिन्न अतिथि श्रष्टाहरुले महोत्सबको प्रभावबारे आफ्ना भनाई राखे ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले हाम्रो विभिन्न सभ्याताहरु लोपहुँदै गएकोमा चिन्ता व्यक्त गरे । एक समयका भारतको सरस्वती नदी सभ्याता लोप भएको उदाहरण दिँदै हाम्रो बागमति सभ्याता जोगाउन उनले आग्रह गरे । यो महोत्सलाई नेपाल र भारतको साहित्य विकाशको लागि कोसेढुँगाको रुपमा आफुले लिएको उपकुलपति गुरुङको कथन थियो ।

अग्रज कवि तथा संस्कृतिविद् तुलसी दिवसले नेपाल भारतको सम्बन्धमा यो महोत्सबले साहित्य, संस्कृति, र कला मार्फत नयाँ आयाम थप्ने बताए । महोत्सबले नेपाल र भारतका साहित्यकारलाई अझ नजिकल्याई थप चिनाउने काम गरेको पनि उनले कार्यक्रममा बताए ।भारतका बरिष्ट कवि एवम् साहित्यकार अशोक वाजपेयीले हाम्रो साहित्यसँगै भाषा संस्कृति पश्चिमाबाट अतिक्रमण हुँदै आएको बताए । कवि वाजपेयीले साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले साहित्य सृजनामा निरन्तर लाग्न श्रष्टाहरुलाई अनुरोध गरे । उनले साहित्यलाई हरित रुपमा व्याख्या गर्दै यो साहित्यिक महोत्सबले साहित्यकारमा उर्जा थप्ने विश्वास लिएको छु भने । दक्षिण एशियाको भाषा घुलमिल भएर अपभ्रम भएको जनाउँदै ठुलो जमातले बोल्ने भाषाले साना जमातको भाषालाई अतिक्रमण गरेको उनले जिकिर गरे ।

महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले भारतमा दशौं संस्करण पुरा गरेपछि यसपटकबाट अन्तराष्ट्रिय रुपमा आयोजना गरेको हो भने, ‘यसपटक अन्तराष्ट्रिय रुपमा आयोजना गरेर हामीले भारत र नेपालका साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति भाषा साहित्यबारे बहस गरेका छौं । यो सहयोगका लागि नेपालका आयोजक साथीहरुलाई धन्यबाद ज्ञापन गर्दछु ।’

कथाकार मायाँ ठकुरी, पत्रकार कनकमणि दिक्षितले पनि महोत्सबले नेपाल भारत दुबै देशको साहित्य क्षेत्रमा टेवा पुग्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । महोत्सब निर्देशक रञ्जना निरौलाले यसपटकबाट यो महोत्सब अन्तराष्ट्रिय रुपमा आयोजना भएको कार्यक्रममा बताईन् । यो महोत्सब यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना भईरहेको पनि उनले जानकारी गराईन् ।

यो वर्षबाट सुरु भएको यशस्वी सहित्य सम्मान नेपालबाट वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतबाट बरिष्ट कवि अशोक वाजपेयीलाई सो कार्यक्रममा प्रदान गरियो । सम्मानको राशी जनही ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो । हाल विरामी रहेका संस्कृतिविद् सत्यमोहन जोशीको कार्यक्रममा स्वास्थ्यलाभको कामना पनि गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर